म चुनाव जितेपछि वडा सदस्यले समेत नमस्कार नफर्काउने देशमा जन्मिएको नागरिक । सन् २००७ को ग्रीष्म ऋतु, एक व्यस्त दिनमा एउटा नौलो नम्बरबाट फोन आयो । सामान्य तरिकाले फोन उठाएँ, उताबाट आवाज आयो, ‘म डायना कड, स्लाउ बरो अन्तर्गतको लेङ्ली-सेन्ट मेरी वार्डको काउन्सिलर ।’ अचम्मित हुँदै मैले आफ्ना कान ठाडो बनाएँ । उताबाट आवाज आइरहेको […]