तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो ।काम सुस्त भएपछि अघिल्लो साता मात्रै तनहुँ हाइड्रोपावर सञ्चालक समितिले आयोजनाका ठेकेदार, परामर्शदाता तथा इन्जिनियरहरूलाई बोलाएर तोकिएको समयभित्रै काम सक्न निर्देशन दिएको छ ।