डडेल्धुरा : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ। नगर कमिटीको पूर्ण बैठकले नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई अघि सारेको हो। माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन्। उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। साउदले ४ हजार ६ सय २९ र मालले