जुम्लाका आठवटै स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ।गत आर्थिक वर्षमा ढिलोगरी सञ्चालनमा ल्याएको सो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको थिएन। चालू आर्थिक वर्षमा सयममै बजेट उपलब्ध गराएर यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न थालिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।