सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
२२ फागुन, मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । […]
काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको […]
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएका जानकारी दिए।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको...
मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।...
काठमाडौँ- मनास्लु हिमाल क्षेत्रमा सोमबार हिमपहिरो गएको छ। मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो। कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन्। सेभेन समिटका मिग्मा शेर्पाले हिमपहिरो गएको पुष्टि गरेका हुन्। गाेर्खाकाे चुमनुव्री गाउँपालिका वडा नम्बर- १ का […]
मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेश्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो ।जिल्ला प्रशासन कार्यालयले भने सात वटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताए । सहायक प्रमुख जिल्ला अधिक
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।...
काठमाडौँ – मुस्ताङको थासङ गाउँपालिका–२ मा आइतबार मध्याह्नतिर ठूलो हिमपहिरो गयो । मानापाथी हिमालको फेदी अर्थात चौरीको चरन क्षेत्र रहेको नाउरीकोटको फाँट हुँदै भीषण हिमपहिरो जाँदा तल्लो तटीय क्षेत्रमा रहेको कोवाङ गाउँको जनआदर्श माविका विद्यार्थी तथा शिक्षकहरु भागदौड गरेका थिए । त्यसक्रममा सात विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । […]
फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु-रासस