पुस ४, काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते गर्ने भएको छ ।
कम्पनीले सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी सभाले २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्नेछ ।
त्यस्तै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।