निर्माण सुरु भएको ३७ वर्षपछि बहुचर्चित कोटवाडा विमानस्थलमा कालोपत्र गरियो । तर ७ वर्षअघि परीक्षण उडान भएको उक्त विमानस्थलमा अहिलेसम्म उडान भएको छैन । अहिलेसम्म कोटवाडा विमानस्थल परीक्षण उडानमै सीमित छ । स्थानीय भने विमानस्थल कालोपत्र भएपछि जहाज आउने आशामा छन् ।
रुकुम पश्चिम – रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थल आज भोलि विमानको सट्टा बिस्कुन सुकाउने काममा प्रयोग हुँदै आएको छ ।
कालोपत्रे गरिएको विमानस्थल यसरी दिनहुँ बिस्कुन सुकाउने काममा प्रयोग हुँदा विमानस्थल सुरक्षा र प्रशासनिक कार्यशैलीबारे प्रश्न उब्जिएको छ । विमानस्थलमा जहाज आउनुको साटो बिस्कुन सुकाउने काममा प्...