काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु नै भएको बताउनु भएको छ।
आज काठमाण्डौ उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो ।
यस्तै, उहाँले खोप केन्द्रलाई व्यवस्थित बनाउन र भीडभाड नगराइ खोप लगाउने...
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उहाँले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण …