प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्रको अनुगमन

 काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु नै भएको बताउनु भएको छ। आज काठमाण्डौ उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप दिनु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भएको हो । यस्तै, उहाँले खोप केन्द्रलाई व्यवस्थित बनाउन र भीडभाड नगराइ खोप लगाउने...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा कोरोना खोप सञ्चालन गरेका ६ अस्पतालको अनुगमन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवाद्वारा विभिन्न खोप केन्द्रको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नुभएको छ । यसै क्रममा प्रधानमन्त्री देउवाले सामबार काठमाडौंका विभिन्न केन्द्रमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरिरहनु भएको छ । उहाँले आजै बिहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको अवलोकन गर्नुभएको थियो ।