भारतले नेपाललाई १ सय ५० आईसीयू बेड सहयोग गरेको छ ।
नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
कोरोनाभाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न भन्दै भारतले सहयोग उपलब्ध गराएको हो ।
नेपालमा कोरोना संक्रमण पुन: बढ्ने क्रममा छ । निषेधाज्ञा खुकुलो पारेपछि संक्रमण बढ्न थालेको हो ।