विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा अत्यधिक स्तरमा पुगेको एक अध्ययनले देखाएको छ । सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेकाे ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनले देखाएकाे हाे ।
महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या बनेको छ । यसबाट समुद्री जीव–जनावर माछा मार्ने जालजस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्ने अध्ययनमा उल्लेख छ । साथै माइक्रोप्लास्टिक खाएका जीव–जनावर मानिसले उपभोग गर्ने खाद्य शृङ्खलामा पनि प्रवेश गर्ने जोखिम बढेको लेखक लिसा...