एप्रेन्टिससीपमा कमजोरी

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबीच सम्झौता भएको छ । सीपको अभावमा रोजगारी पाउनबाट वञ्चित युवालाई कार्यक्षेत्रमै काम सिकाउने र त्यसको प्रमाणपत्र दिने यो कार्यक्रम रोजगारी सृजनाका लागि महत्त्वपूर्ण हुन्छ । साथै यसले साना तथा मझौला उद्योगहरूलाई शीपयुक्त जनशक्ति आपूर्ति गर्न मद्दत पुग्ने देखिन्छ । त्यसैले यो सकारात्मक शुरुआत हो । तर, अहिले एप्रेन्टिससीपका लागि जेजस्ता प्रावधान र शर्तहरू राखिएका छन् तिनले भने यो कार्यक्रमको वास्तविक उद्देश्य पूरा गर्न र सफल हुन नसक्ने आशंका उब्जाउँछ । एप्रेन्टिससीप भनेको युवाहरूलाई कार्य क्षेत्रमा काम सिकाउने र त्यसका आधारमा प्रमाणपत्र दिने कार्यक्रम हो । यसमा युवाहरूले सम्बद्ध उद्योग वा व्यवसायमा विज्ञको निगरानीमा काम गर्न पाउँछन् । यसबाट उनीहरूले दक्षता प्राप्त गर्न सक्छन् । दक्ष बनेपछि काम सिकाउने कम्पनीले प्रमाणपत्र दिन्छ जसबाट उसले अन्य उद्योगमा सजिलै काम पाउन सक्छ । यस्तो प्रमाणपत्रका आधारमा नियमित आम्दानी हुने सेवामा काम पाउन योग्य हुन्छ । क्षेत्र, पेशा, भूमिका आदिका आधारमा यस्तो एप्रेन्टिससीपको अवधि फरकफरक हुन्छ ।  यूरोपमा गिल्ड अर्थात् कालिगढ तथा व्यवसायीहरूको संगठनमा सदस्य भएका व्यवसायीले विभिन्न कालिगढी सिकाएर प्रमाणपत्र दिन्छन् जुन गिल्डका सदस्यहरूले स्वीकार्छन् । एप्रेन्टिससीप इन्टर्नसीप जस्तै भए पनि यसको प्रकृति र उद्देश्य केही फरक हुन्छ । युवाहरूमा काम गर्ने जोश हुन्छ तर हातमा शीप हुँदैन । व्यवसायीहरू तालीमप्राप्त र अनुभवी कामदारको खोजीमा हुन्छन् जो महँगा हुन्छन् । यस्तोमा युवाहरूलाई तालिम दिएर व्यवसायमा लगाउन सकिन्छ । नेपालमा यस्तै सोचका साथ एप्रेन्टिससीप कार्यक्रम ल्याउन लागेको देखिन्छ । तर, कार्यक्रमका केही प्रावधान हेर्दा यो असफल हुने सम्भावना देखिन्छ ।  अहिले कुनै अदक्ष कामदारलाई कम्पनीमा थोरै तलबमा काम दिएर काम सिकाउन समस्या छ । सरकारको न्यूनतम पारिश्रमिक सम्बन्धी कानूनले कुनै पनि व्यक्तिलाई उसले तोकेको भन्दा कम पारिश्रमिक दिन नपाइने व्यवस्था गरेको छ । श्रम शोषण नहोस् भनी बनाइएको यस्तो प्रावधानका कारण अदक्ष कामदारलाई कम्पनीमा भर्ना गरेर काम सिकाउन समस्या छ ।  अदक्ष कामदारको उत्पादकत्वका आधारमा उद्योगले तलब दिँदा उसको न्यूनतम आवश्यकता पूरा हुँदैन । त्यसैले उद्योगले दिने तलबमा सरकारले थप तलबका लागि अनुदानका रूपमा दिने व्यवस्था गर्न सकिन्छ । यसो गर्दा उद्योग पनि मर्कामा पर्दैन र कामदार पनि भोकै पर्दैन । सरकारले भनेको तलब दिने हो भने त्यसको उत्पादकत्व ज्यादै कम हुन्छ । उत्पादकत्व कम भएकालाई किन पूरा तलब दिएर काम सिकाउने भन्ने उद्योगीको भनाइ हुन्छ जुन सही हो । बेरोजगार युवासँग शीप केही पनि हुँदैन । यस्तो युवालाई शीप सिकाउन उद्योगलाई सजिलो हुने गरी व्यवस्था गरिनु आवश्यक छ । अदक्ष कामदारको उत्पादकत्वका आधारमा उद्योगले तलब दिँदा उसको न्यूनतम आवश्यकता पूरा हुँदैन । त्यसैले उद्योगले दिने तलबमा सरकारले थप तलबका लागि अनुदान दिने व्यवस्था गर्न सकिन्छ । यसो गर्दा उद्योग पनि मर्कामा पर्दैन र कामदार पनि भोकै पर्दैन । कामदारले शीप सिकेपछि त्यही उद्योगमा काम पाउँछ वा अन्य उद्योगमा काम पाउँछ ।  तर, अहिले सरकारले ३ महीनाबराबरको रकम अनुदान दिने र उद्योगले १८ महीना काममा लगाउने व्यवस्था गरिएको छ । सरकारले दिने रकम एकमुष्ठ हुँदा त्यसको सही प्रयोग नहुन सक्छ । कामदारले त्यो रकम पाए नपाएको पनि थाहा हुन कठिन हुन्छ । त्यसैले प्रत्येक महीना उद्योगले दिने रकममा सरकारले थपेको रकमसमेत मिलाई कामदारले बुझेको तलबको अभिलेख सम्बन्धित सरकारी निकायमा पठाउने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसरी कामदारको तलबसीट उपलब्ध गराउँदा यसको खर्च पारदर्शी हुन्छ । सरकारले दिने रकमको खर्च पारदर्शी भएन भने उद्योगले पैसा लिने र कामदारलाई नदिने अवस्था हुन सक्छ । त्यसैले पारदर्शी व्यवस्था हुनु आवश्यक छ ।  त्यस्तै यस्ता उद्योगले दिने प्रमाणपत्रलाई सम्बद्ध उद्योगले स्वीकार्ने व्यवस्था हुनुपर्छ । प्रमाणपत्र दिनमा मात्रै यसलाई सीमित गरियो भने कामदार भर्ना गर्ने र पैसा नदिई प्रमाणपत्रमात्र दिने विकृति भित्रिन पनि सक्छ । यसलाई रोक्न यस्तो प्रमाणपत्र दिने उद्योगलाई जिम्मेवार बनाउनुपर्छ । निजी उद्यम वा प्रतिष्ठानहरूले तालीममा खर्च नगर्नुको कारण तालीम पाएपछि कामदार अन्यत्र जाने गरेकाले हो । त्यसो हुँदा एप्रेन्टिससीपमा पनि जसले तालीम दिन्छ उसैले काम दिने वातावरण बन्नुपर्छ । यस्तो कार्यस्थलमा आधारित तालीम साना तथा मझौला उद्योगका लागि निकै सहयोगी हुने देखिन्छ । जर्मनीको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको योगदान ९० प्रतिशतभन्दा बढी हुन्छ । यस्ता उद्योगहरूले यसरी नै दक्ष जनशक्ति उत्पादन गर्ने गर्छन् । त्यसैले नेपालका लागि पनि यो उपयोगी हुन्छ । काम सिकेकै आधारमा प्रमाणपत्र दिने भएकाले यसलाई शैक्षिक संस्थासँग जोड्न आवश्यक छैन । यद्यपि कतिपय देशमा यस्तो अभ्यास भने पाइन्छ । एप्रेन्टिससीपका लागि विभिन्न देशले कानून नै बनाएको पाइन्छ । नेपालमा पनि त्यस्तै कानून बनाउन सकिन्छ ।  सरकारले दिएको अनुदान दुरूपयोग नहुने गरी यो कार्यक्रम सञ्चालन गर्न कामदारलाई दिएको पैसा तत्काल सरकारले थाहा पाउने व्यवस्था हुनुपर्छ । त्यस्तै प्रमाणपत्र दिने काममात्रै नहोस्, पूर्णरूपमा शीप प्राप्त गर्न सकून् भन्नेमा पनि ध्यान जानुपर्छ । त्यसैले अहिले जुन किसिमले सम्झौता भएको छ र जेजस्ता प्रावधान छन् तिनले एप्रेन्टिससीपको सही मान्यता बोक्दैन र यो कार्यक्रम सफल हुने आधार पनि देखिँदैन । अहिले जसरी एप्रेन्टिससीप लागू गर्न खोजिएको छ, त्यसरी कार्यान्वयन हुने हो भने असफल त हुन्छ नै यसले एप्रेन्टिससीपप्रति नै गलत बुझाइ ल्याउन सक्छ । 

सम्बन्धित सामग्री

नेताका कमजोरी देखाएर निरंकुशता लाद्ने प्रयास सफल हुन्न : वर्षमान पुन

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन 'अनन्त'ले नेताहरुका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन्।पार्टीको बागमती प्रदेश समिति बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको बताए। ‘नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन’, पुनले भने। पुनले गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्

पार्टीगत राजदुत चयन गर्नु सरकारको कमजोरी: नेता खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी भएको बताएका छन्।...

'रेजिशाको मृत्युमा अस्पतालको कमजोरी’

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्।...

झलनाथ खनालले भने– धेरै कमजोरी भयो, महाधिवेशनमा समीक्षा गरेर अघि बढौँ

सत्तारूढ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी गठनयता धेरै कमजोरी भएको औँल्याएका छन् । एमसिसी, तीन तहको निर्वाचन, नागरिकताको विषय, वर्ग दृष्टिकोण र पार्टीको भूमिकामा कमजोरी भएको उनले औँल्याए । ‘अपमानजनक सर्तसहित...

पुरुषको शारीरिक कमजोरी हटाउन दैनिक खानुहोस् यी ५ चिज

व्यस्त जीवनशैली, खानपानको कमी र आफ्नो लागि समय निकाल्न नसक्दा कहिलेकाहीँ पुरुषलाई कमजोरी र थकान महसुस हुन्छ । तर यो कमजोरी हटाउन धेरै पटक उनले विभिन्न किसिमका औषधि र पाउडर खान थाल्छन् । कहिलेकाहीँ यो पाउडर उनीहरूको स्वास्थ्यलाई अनुकूल गर्दैन र यो महँगो पनि हुन्छ। यस्तो अवस्थामा पुरुषको कमजोरी र थकान हटाउनका लागि यी कुराहरु […]

महाकाली सन्धिमा कमजोरी भयो : एमाले अध्यक्ष ओली

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार पूर्वजलश्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रममा ओलीले तल्लो सारदा नहरलाई पानी नछुट्याउनु पनि कमजोरी भएको बताएका हुन् । २०४८ सालमा भएको टनपकुर सम्झौतालाई समझदारी भनेर संसद छल्न खोजेपनि आफूहरुले नदिएको ओलीले बताए । त्यसका बाबजुद […]

माओवादीले औँल्यायो गठबन्धनका ८ कमजोरी

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा गठबन्धनका तर्फबाट ८ कमजोरी भएको औँल्याएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा गठबन्धनको समीक्षा गर्ने क्रममा कमजोरी औँल्याएको हो ।गठबन्धनको मुख्य शक्ति नेपाली काँग्रेस इमानदार र गम्भीर नहुँदा रोल्पा रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकमा माओवादी बलियो भएकाले एमाले लगायत शक्तिसँग मिलेर हराउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । काँग्रेस बलियो भएको स्थानी तहमा अर

सेनाकै लापरबाही, द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी !

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ। ‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, […]

आफ्नै भाइबहिनीलाई सम्झाउन नसक्नु मेरो कमजोरी हो: डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १४औं महाअधिवेशनमा आफ्नै भाइबहिनीको चित्त बुझाउन नसक्नु आफ्नो कमजोरी भएको बताएका छन्।...

कोरोना निको भए पनि कमजोरी महसुस गरिरहनु भएको छ ? यसो गर्नुहोस्

कोभिड १९ संक्रमण निकाे भइसकेका व्यक्तिहरूमा केही समयसम्म पनि आफूलाई कमजोर महसुस हुने बताएका छन् । जुन हट्न केही समय लाग्छ । आखिर कोरोनाबाट मुक्त भएर पनि भइरहने कमजोरी कसरी हटाउने त ?