वर्षगाँठ मनाउन चीनका राष्ट्रपति हङकङमा

बेलायतले हङकङ चीनलाई सुम्पिएको २५ वर्ष पूरा भएको छ। हङकङ फिर्ता भएको २५औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आज हङकङ पुगेका छन् । सन् २०२० मा कोरोना महामारी फैलिएपछि सी चीन छोडेर पहिलोपटक बाहिर निस्किएका हुन्। वर्षगाँठको अवसर पारेर शुक्रबार हङकङमा सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। वर्षगाँठको नजिक हङकङमा कोरोनाको ओमिक्रोन भेरिएन्टको प्रकोप देखिएपछि सीको भ्रमण रद्द हुने अनुमानबीच सी बुलेट रेलमार्फत हङकङ पगेका हुन्।उनलाई हङकङकी निवर्तमान प्रमुख क

सम्बन्धित सामग्री

अफगानिस्तान सीमामा सैन्य संघर्षका लागि तयार रहन चीनका राष्ट्रपतिको चेतावनी

चीनका राष्ट्रपति सी चिनपिङले देशको सैन्य नेतृत्वलाई अफगानिस्तान सीमामा सशस्त्र द्वन्द्व हुन सक्ने भएकाले संघर्षका लागि तयार रहन सचेत गराएका छन् ।  उनले चीन सैन्य संघर्षका लागि तयार रहनुपर्ने भनी शुक्रवार बताएका हुन् । सेप्टेम्बर महिनामा अमेरिका अफगानिस्तानबाट पूरै हट्ने भएपछि चीन सतर्क बनेको छ ।  जनमुक्ति सेना गठन गरिएको ९४औं वर्षगाँठ आउन लागेको बेलामा सीले देशको सैन्य शक्ति बढाउन आह्वान गरेका हुन् । बेइजिङमा अधिकारीहरूले अमेरिकाको घरफिर्तीसँगै तालिबानको पुनरुदय भएको र क्षेत्रीय अस्थिरता बढिरहेको भन्दै चिन्ता व्...