काठमाडौँ। पछिल्लो समय आईपीओ भर्दा सी–आस्बा शुल्क नलिने बैंकको संख्या बढ्दै गएको छ। यसैगक्रमा सिद्धार्थ बैंक पनि सी–आस्बा शुल्क नलिने बैंकको सूचीमा थपिएको छ।
यो बैंकहरूले आईपीओ भर्ने ग्राहकहरूले तिर्नुपर्ने सी–आस्बा शुल्कमा पूरै छुट दिने भएका छन्। योसँगै सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ।