बैंक जमानतपत्रसम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं  । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बैंक जमानतपत्रसम्बन्धी सम्झौता सम्पन्न भएको छ । महासंघका सदस्यलाई राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिने/नवीकरण सहज रूपमा गराउने गरी सम्बन्धी सम्झौता गरिएको हो । बिहीवार बैंकको कर्पोरेट कार्यालयमा भएको सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा भारतीय दूतावासको नाममा जारी गर्ने जमानतपत्र लिने/नवीकरण गर्दा बैंकको जुनसुकै शाखाबाट संघका सदस्यहरूले सहुलियतपूर्ण ढंगले जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ।...

सन्राइज बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सन्राइज बैंक र भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता भएको छ।

प्रभु बैंक र युएसएआईडी बीच सम्झौता

प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच सम्झौता भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन्। एकापसमा गाभिनेसम्बन्धी अन्तिम सम्झौता मंगलबार सम्पन्न भएको हो। दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका...

एभरेष्ट बैंक र दराज बीच सम्झौता

एभरेष्ट बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

नेपाल बैंक र एनसेलबीच सम्झौता

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।...

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।...