सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पद्मुक्त हुनुभएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक व्यवस्थालाई टेकेर मन्त्री बोहरालाई आज पद्मुक्त गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले आफै सम्हाल्नुहुनेछ ।