गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर–६, स्थित डहरे खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको छ। यहाँको रिडी (रुद्रावेणी–वामीटक्सार) सडकखण्डमा पर्ने डहरे खोलामा मोटरेबल पुल निर्माण आइतबार शिलान्यास गरिएको हो।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित बेलचौतारामा मोटरेबल पुल निर्माण सुरु भएको छ । देवचुली नगरपालिका –३ र १२ लाई जोड्ने मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएको हो ।
चेपाङ मार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ स्थित तुदी खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ। मलेखु र भण्डारा जोड्ने सडकखण्डमा पर्ने तुदी खोलामा बन्दै गरेको पुलको एक कार्यक्रमबीच बिहीबार प्रतिनिधिसभा...
दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।...
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो ।नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । भारत सरकारको लगानीमा निर्मा
दार्चुला, भदौ ९ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा […]
प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा तीनवटा कार्यक्रममा सहभागी हुनेछन् । उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ।त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका(१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन् । खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पारेको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको […]
वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा ...