काठमाडौँ। नेकपा मालेले मुस्ताङमा बौद्ध कलेज खोल्ने भारत सरकारको प्रस्ताव स्वीकार्न नहुने बताएको छ। सो पार्टीका महासचिव सीपी मैनालीले शुक्रबार विज्ञप्ति जारी नेपाली भूभाग मुस्ताङको फल्याक क्षेत्रमा इण्डिया सरकारले नेपाल सरकारसँग “मुस्ताङ बौद्ध कलेज” चलाउन अनुमति मागेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।