काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो । अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले बताए । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका […]