जेठ २४, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ७२ अंकले बढेर २ हजार ९०७ दशमलव ६३ विन्दुमा पुगेको छ ।
शून्य दशमलव शून्य २ प्रतिशतले बढेको बजारमा २१८ ओटा कम्पनीको रू. ११ अर्ब ४९ करोड ४६ लाख ४७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा आइसीएफसी फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य रू. ५२८ र रू. ५३९ कायम भएको छ ।
तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ भने बाँकी विकास बैंक, जलविद्युत्, वित्त, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छ । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव शून्य ३ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४२ करोड २८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ९०१ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेशनल हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २६८ मा रू. ३९ करोड ९९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।