सानेपा नजाने गगनको निर्णय फेरियो

राजधानीको एक पार्टी प्यालेसको विजयसभामा सहभागी हुने तय गरेका नवनिर्वाचित काँग्रेस महामन्त्री गगन थापा पार्टी कार्यालयमा पनि जाने भएका छन् । कार्यकर्ताहरूले आग्रह गरेपछि उनीहरुको भावनाको कदर गर्दै थापा पार्टी कार्यालय जान लागेका हुन् । उनले अत्यधिक मत ल्याएर काँग्रेस महामन्त्रीमा विजय हासिल गरेका छन् भने उनको पक्षमा कार्यकर्ताहरूले सानेपामा चर्को नाराबाजी गरेका थिए । महामन्त्रीमा विजयी भएका अर्का नेता विश्वप्रकाश शर्मा पनि सानेपा पुगेका छन् ।

सम्बन्धित सामग्री

एमालेको निम्तो मान्न नेकपा एसका अध्यक्ष र महासचिव नजाने, सम्मानित नेता जाने

माधव नेपाल कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गरेको चियापानको निम्तो मान्न भने सानेपा पुगेका थिए ।

कांग्रेसकै कारण मधेसमा गठबन्धन अन्योल ?

जनकपुरधाम । गत शनिबार नेपाली कांग्रेस बर्दिबास नगर कार्यसमितिले कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गर्‍यो । गठबन्धनले पार्टीमा प्रतिकूल असर पर्ने ठहर गर्दै नगर कार्यसमिति बर्दिबास, महोत्तरीले सर्वसम्मति रूपमा नै तालमेल गरेर चुनावमा नजाने निर्णय गरेको हो । सोही दिन उक्त निर्णय केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र...

विजय र्यालीका लागि सानेपा पुगे विश्वप्रकाश

काठमाडौं : सानेपामा कांग्रेसको पार्टी कार्यालयमा  महामन्त्रीको  मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा जितनजिक पुगेका छन्। जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।त्यस्तै, गगन थापा भने सानेपा नजाने भएका छन्। उनी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पुगेर त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ।नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माल

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।