देशमा करिब चार दशकपछि दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्धको जन्मस्थल नजिकै रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा देश विदेशमा भइरहेको छ ।
यो विमानस्थल सञ्चालनमा आएपछि परदेशमा रहेका नेपाली पनि खुसी भएका छन् । आफूलाई पायक पर्ने ठाउँमा विदेशबाट सिधै जान पाउने भएपछि कतिपय मक्ख परेका छन् । काठमाण्डौ गएर फेरि घर जानु पर्ने बाध्यताको अन्त्य हुँदा नारायणी नदी पश्चिमकाहरु खुसी छन् ।
काठमाण्डौमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले विभिन्न समस्याह...