सुदूरपश्चिम प्रदेशको ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश’ पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट उक्त अध्यादेश पारित भएको हो । अध्यादेश पारित नहुँदै पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याएको सरकारले नेपाली कांग्रेसको विरोधबीच अध्यादेश प्रदेश सभामा पेश गरेको थियो । शुक्रबार प्रदेशसभा बैठकमा पेश भएको अध्यादेश आइतबार पारित भएको हो ।आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले प्रदेश सभा नियमावली २०७४ को नियम ९५ को उपनियम ४