विमानस्थलमा एक किलो सुन सहित दुबईबाट आएका पुरुष समातिए

काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। आज हिमालय एयरको विमानबाट दुबईबाट काठमाण्डौं आएका गोरखा घर भएका पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनको साथबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको हो। विमानस्थलको आगमनतर्फको भन्सार चेकको एक्सरेमा चेक गर्दा शङ्का लागेर नियन्त्रणमा…

सम्बन्धित सामग्री

चौध किलो सुन प्रकरणमा अहिलेसम्म पाँच पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मङ्सिर २१ गते राति बरामद गरिएको १४ किलो सुन प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन्।...

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन बरामद, तीनजना पक्राउ

रसुवाबाट काठमाडौं ल्याइँदै गरेको दुई किलो सुन प्रहरीले बरामद गरेको छ । सुनसँगै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई थानकोटबाट पक्राउ गरेको हो ।...

वाणिज्य बैंकहरूसँग २१० किलो सुन मौज्दात

वाणिज्य बैंकहरूसँग दुई सय १० किलो सुन मौज्दात रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । चालू आवको गत शुक्रबारसम्म कुल ६ सय किलो सुन आयात भएकोमा २१० किलो मौज्दात रहेको...

६० किलो सुन प्रकरणको मुद्दा आइतबार मात्र दर्ता हुने

२९ भदौ, काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी गरेको आरोप लागेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा  ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । पक्राउ […]

भन्सारबाट चोरिएको नौ किलो सुन तस्करकै हातमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ। वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हुन्।...

विमानस्थलबाट नौ किलो सुन चोरी प्रकरण, सुरक्षागार्डको पनि मिलेमतो

ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी हुन लागेको नौ किलो सुन विमानस्थलको भन्सार कार्यालयबाटै चोरी भएको घटनामा सुरक्षागार्डको पनि मिलेमतो देखिएको छ । भन्सार कार्यालयबाट सुन चोरी हुँदा सुरक्षागार्ड अमृत कार्कीलाई करिब...

३३ किलो सुन प्रकरणका आरोपी अग्रवाल पक्राउ

३३ किलो सुन प्रकरणका मुख्य नाइने गोरे (चुडामणि उप्रेती) समूहमा रहेर आपराधिक कार्य गरेको आरोपमा ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको...

लुटिएको होइन, ‘लुकाइएको’ थियो ३३ किलो सुन

साढे ३३ किलो सुन प्रकरण चर्चामा आउँदा सुन ‘लुटिएको’ भनिएको थियो तर तथ्यहरुले सुन ‘लुकाइएको’ देखाउँछ । त्यही सुन बरामद नहुँदा आरोपीहरुले अदालतबाट उन्मुक्ति पाएका छन् । १७ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन वर्षअघि जति चर्चा पायो, सुन बरामद नहुँदा त्यति नै सहजरुपमा आरोपीहरुले जिल्ला अदालत, मोरङबाट सफाइ पाए । […]

विमानस्थलबाट  दैनिक २० किलो सुन ‘तस्करी’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यक्तिगत प्रयोजनका गहनाका नाममा दैनिक करिब २० किलो सुन तस्करी हुने गरेको खुलेको छ । ५० ग्रामसम्म सुनका गहना भन्सार महसुलविना ल्याउन सकिने सुविधाको दुरुपयोग भई ठूलो मात्रामा...

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैदको सजाय

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको  सजाय सुनाएको छ।