इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ। मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो।चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टिमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए। दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८