बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत दिन र घाइतेको उपचार गर्न समितिको निर्देशन

प्रतिनिधिसभा अन्र्तगत रहेको विकास तथा प्रविधि समितिले बेमौसमी वर्षाबाट उत्पन्न बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले प्रकोपबाट घाइतेहरुको शीघ्र उपचार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै हालैको वर्षाका कारण अवरुद्ध भएका सडक तथा पुलहरू तत्काल सञ्चालनमा ल्याउन मनाङ, बझाङ, बाजुरा लगायतका जिल्लाहरुमा पुग्ने सडकहरू अवरुद्ध भएकोले अस्थायी रुपमा तत्काल सञ्चालनमा ल्या

सम्बन्धित सामग्री

बढि पहिरो पीडितलाई राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

संसदीय समितिले बाढी, पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति, उद्धार र राहत दिने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकले बाढि, पहिरो र डुवान पीडितहरुलाई क्षतिपूर्ति, उद्धार र राहत दिने कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । त्यसै गरी बैठकले विपद जोखिम…