उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधि जडान गरिँदै

कञ्चनपुरको एक चिनी मिलले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि प्रविधी जडान गरिरहेको छ। पुनर्वास नगरपालिका– २ दशरथबस्तीमा रहेको भागेश्वर सुगर एण्ड केमिकल प्रालिले उद्योगबाट निस्किने फोहोर पानी शुद्धीकरणका लागि...

सम्बन्धित सामग्री

यसरी समाधान गर्न सकिन्छ प्लम्बिङका अप्ठेरा

काठमाडौं । घर बनाएर मात्र हुँदैन । घर निर्माण गर्दा नै राम्रोसँग प्लम्बिङ नगरिए सधैंभर खर्च गरिरहनुपर्ने बाध्यता हुन्छ । सबैका घरमा प्लम्बिङसम्बन्धी समस्या बारम्बार बल्झिरहने गर्छ । कहिले पाइप जाम हुने, कहिले पानी लिक हुने, कहिले मंगाल जाम हुने, कहिले धारा टुटफुट हुने आदि समस्या आइरहन्छ । नयाँ जडानमा भन्दा पुरानो मर्मतमा बढी खर्च हुन्छ । किनभने, थोरै कामका लागि पनि एउटा मिस्त्रीको ज्याला पूरै दिनको दिनुपर्ने हुन्छ र टुटफुट भएका र बिग्रेका सामान फेर्नुपर्दा दोहोरो खर्च गर्नुपर्छ । पाइप फिटिङमा त्रुटि प्लम्बिङमा समस्या आउनुमा कम गुणस्तरको सामान प्रयोग गर्नु, फिटिङ कार्यमा कम अनुभवी र कम दक्ष प्लम्बर मिस्त्रीबाट हुनु, पानी फोहोर हुनु र शौचालय, बाथरुम र बेसिनमा जथाभावी फोहोर याँक्नु हो । इन्जिनियर तिलक बानिया र प्लम्बर मिस्त्री विनोद पुन यो कुरामा सहमत छन् । नयाँ घर बनाउँदा नै पाइप जडानमा विशेष ध्यान दिन सकिए यी समस्याबाट छुटकारा पाउन सकिन्छ । त्यसैले नयाँ घरमा पाइप जडान गर्दा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । पहिलो, शौचालय, बाथरुम र किचेनको पानी निकासका लागि जडान गरिने पाइप र मंगलमा विशेष ध्यान दिन जरुरी छ । किनभने, बढी जाम हुने समस्या यही नै हुन्छ । फोहोर पानी निकासका लागि एचडीपीई पाइप (कालो पाइप) प्रयोग गरिन्छ । यो पाइप बिछ्याउँदा बढी घुमाउरो बाटो प्रयोग गर्नुहुँदैन । घुमाउनैपर्ने अवस्था आए मंगाल बनाएर मात्र घुमाउनुपर्छ । ढलको व्यवस्था छैन भने शौचालयको  पानी निकासका लागि छुट्टै पाइप र बाथरुम, किचन सिंक, वास बेसिन आदिको पानी निकासका लागि अर्को पाइप प्रयोग गर्नुपर्छ । यसले सेफ्टी ट्यांकी छिटो भरिनबाट रोक्न सकिन्छ । पाइप बिछ्याउने जमिनको लेबल स्लोप मिलाएर खन्नुपर्छ र जम्परले जमिन थिचेर बलियो बनाउनुपर्छ । यसो गर्दा पाइप बांगिने, जमिन भासिने र जाम हुने समस्या हुँदैन । यदि पहिलो मंगलबाट ढल वा सेफ्टी ट्यांकी टाढा छ भने बीचमा अर्को मंगल बनाउनुपर्छ । यसो गरिए जाम भए त्यसलाई खुलाउन र मर्मत गर्न सजिलो हुने इन्जिनियर बानिया बताउँछन् । दोस्रो, पानी आपूर्ति गर्ने पाइप जडानमा विशेष ध्यान दिनुपर्छ । अहिले नयाँ प्रचलनमा पाइप व्यवस्थित गरिराख्न ‘भ्वाइड’ राख्ने प्रविधि आएको छ । घर बनाउँदा घरको साइडमा छतदेखि भुइँतलासम्म पर्खाल वा कुनै कभरिङ बनाइन्छ र पाइप त्यही कभरिङभित्र राख्न मिल्ने गरिन्छ । यसले पाइपलाई छरपस्ट एवं भद्दा देखिनबाट बचाउँछ र घरको स्वरूप बिगार्नबाट बचाउँछ । यस्तो भ्वाइड बनाउँदा सकभर पाइप जोड्दा घुम्ती नहुने गरी शौचालय, बाथरुम, किचनको नजिक पर्ने गरी बनाउनुपर्छ । पाइप जडान गर्दा तत्काल तातो पानी प्रयोग नगर्ने भए पनि तातो पानी र चिसो पानीका लागि छुट्टाछुट्टै पाइप जडान गर्नुपर्छ । पानीको ट्यांकीबाट पाइप जोड्दा भेन्ट पाइप जोड्न/छुटाउनुहुँदैन । भेन्ट पाइप राख्दा ट्यांकीमा प्वाल पारेर त्यहाँ एउटा टी जोडिन्छ । उक्त टीबाट ट्यांकीको उचाइभन्दा केही माथि पाइपको मुख निकाल्नुपर्छ । यसले हावा पास गर्छ । पानी ओभर फलो भएको थाहा हुन्छ र पाइपमा पानी सहज रूपमा आपूर्ति गर्न सहयोग पुर्‍याउँछ । पानी सबै तलामा सहज रूपमा आपूर्ति गर्दा विचार पु¥याउनुपर्ने अर्को कुरा के भने भुइँ तलामा पुग्ने र बाँकी तलामा जाने तातो एवं चिसो पानीका लागि छुट्टाछुट्टै पाइप राख्नुपर्छ । बाथरुम, किचन सिंक, बेसिन र पाइप जोडेर घुमाउने ज्वाइनिङमा डोर टीको प्रयोग गर्नु अनिवार्य छ । यसले जाम भए र मर्मत गर्नुपरे सजिलो हुन्छ । सावर, किचन सिंक, बेसिनजस्ता स्थानमा पी ट्रयापको प्रयोग गर्नुपर्छ । पी ट्रयापमा सधैं अलिकति पानी रहन्छ र त्यसले सेफ्टी ट्यांकी वा पाइपबाट आउने दुर्गन्ध त्यही रोकिन्छ, कोठामा आउन दिँदैन । प्लम्बिङमा प्रयोग गरिने पाइप शौचालय, बाथरुम, किचन आदिका फोहोर पानी निकासमा प्रयोग गरिने पाइपलाई एचडीपीई (कालो पाइप) भनिन्छ । यो १६ मिमिदेखि १६०० मिमिसम्म साइजमा पाइन्छ । यसलाई आवश्यकताअनुसार र घरको आकारअनुरूप सानोदेखि ठूलो साइजमा प्रयोग गर्न सकिन्छ । शौचालय, बाथरुम, किचन आदिमा पानी आपूर्ति गर्न हाल बजारमा पाइने जीआई, पीपीआर, सीपीभीसी र पीभीसी पाइप प्रयोग गर्न सकिन्छ । पुराना घरमा जीआई पाइप प्रयोग गरिन्थ्यो । जीआई पाइप खिया लागेर बढी जाम हुने समस्या आउने र फिटिङ गर्न कठिन हुने मात्र होइन, मर्मत गर्नसमेत अप्ठेरो हुने भएकाले हाल यसको प्रयोग कम हुन थालेको छ । त्यसपछि बजारमा पीपीआर पाइप आएको छ । यसलाई फिटिङ गर्न हिटिङ मेसिन प्रयोग गर्नुपर्छ । एक पाइपबाट अर्को पाइप जोड्न हिटिङ मेसिनबाट पाइप तताउँदा दुई जना कामदार चाहिने, निकै बल प्रयोग गर्नुपर्ने, समयभित्र जोड्न नसके ज्वाइन बिग्रेर बांगोटिंगो हुने हुँदा पानी जाम हुने सम्भावना रहन्छ । त्यसैको विकल्पस्वरूप हाल बजारमा सीपीभीसी पाइप आएको छ । यसलाई जोड्न गम प्रयोग गरिन्छ, जसले जोड्न सजिलो र छिटोछरितो हुन्छ । यसले पानी जाम हुने सम्भावना पनि कम रहन्छ । भित्री बाथरुम, किचन, बेसिनमा पीभीसी पाइप प्रयोग गरिए त्यो टिकाउ हुने इन्जिनियर बानियाको सुझाव छ । जाम रोक्ने विधि सकभर धेरै घुमाउनुपर्ने गरी लामो पाइप प्रयोग नगर्ने । यदि गर्नैपर्ने बाध्यता भए त्यो ज्वाइनमा डोर टी प्रयोग गर्ने । पाइप जडान गर्दा पनि मुखमा वा सुरुमा केहि ओरालो हुने गरी स्लोप गर्दै लग्नुपर्छ । यसले पानीको निकास सहज  भई जाम हुनबाट बचाउँछ । सफा पानीको प्रयोग गर्ने र समय–समयमा ट्यांकी सफा गर्ने । पाइप फिटिङ वा ज्वाइनिङमा प्लम्बिङ (सिलिङ) टेपको प्रयोग गर्ने । फिटिङ सकेपछि पानी चलाएर लिक भए÷नभएकोबारे जानकारी लिने र आवश्यक सुधार गर्ने । गुणस्तरीय सामान प्रयोग गर्ने एवं अनुभवी र दक्ष मिस्त्रीबाट काम गराउने ।