भेरी किनारका शोकमग्न यात्री

७ सय किलोमिटर पारिको खबर । त्राहिमान पार्ने त्रासदीपूर्ण त्यो खबर । क्रूर जातीय हिंसाको खबर । १० जेठ, २०७७– नेपालको इतिहासमै कलंकित दिनको त्यो खबर काठमाडौंका खबर–भित्ताहरूमा घुर्माइलो–घुर्माइलो गरी छाइरहेको थियो । राम्रोसँग नेटवर्क नटिपेको श्यामश्वेत टेलिभिजमा जस्तो– झ्यारझ्यार । त्यसैले गुजिल्टिँदै गएको ६ युवकको हत्याकाण्डका रेसाहरू खुट्याउन एक बथान पत्रकार जाजरकोटतर्फ हिँडेका थियौं ।

सम्बन्धित सामग्री

झुप्राखोलाको बास, बर्खाभरि त्रास

वीरेन्द्रनगर नगरपालिका–११, झुप्रा खोला किनारका बादी बस्तीका बासिन्दा हरेक वर्ष बर्खाको समयमा रातभर सुत्न पाउँदैनन् । झुप्रा खोला र भेरी नदीको पानीको बहाव सिधै बस्तीतर्फ सोझिने हुँदा सुक्खायाममा रमाउने यो बस्तीका बासिन्दा बर्खाभरि सुत्न पाउँदैनन् । बादी बस्तीमा करिब डेढ सय घरपरिवार बस्दै आएका छन् । स्थानीय गीता बादीले बर्सेनि बर्खा लाग्नेबित्तिकै त्रास हुने बताउनुभयो ।

भेरी किनारमा आधुनिक सहर बसाइने

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने कार्ययोजना अघि बढाइएको छ। भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माण सुरु भएको छ। नयाँ सहर आयोजना समन्वय केन्द्रीय कार्यालयले नदी किनारका क्षेत्रलाई समेटेर गुरुयोजनाको काम सुरु गरेको हो। आयोजनाका अनुसार अबको दुई वर्षमा गुरुयोजना तयार पारिने छ। यातायातको सुगमता, जमिनको उपलब्धता, खानेपानीको स्रोत, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अव्यवस्थिति र जनसङ्ख्या आदिका आधारमा सहरको गुरुयोजना एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न लागिएको जनाइएको छ।

भेरी किनारमा बाढी पूर्वसूचना प्रणाली जडान

बाढीबाट बस्ती जोगाउनका लागि सुर्खेत जिल्लास्थित भेरी किनारका विभिन्न चार ठाउँमा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको छ । बराहताल वडा नं. २ पाग्मा, वडा नं. ४ तरंगा, पञ्चपुरी नगरपालिका वडा नं. ९ जामु र वडा नं. ११ कुइनेमा पूर्व सूचना प्रणाली जडान गरिएको हो । ती चार ठाउँमा बाढी बारे सूचना दिनका लागि साइरन […]

भेरी नदी किनारमा पूर्वसूचना प्रणाली जडान

सुर्खेत – सुर्खेतस्थित भेरी नदी किनारका नागरिकलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घर भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो। वराहताल गाउँपालिका–२ को […]

पूर्वसूचना प्रणाली जडान

पश्चिम सुर्खेतको भेरी नदी किनारका दुई पालिकाका करिब चौबीस सय घरधुरी पूर्वसूचना प्रणाली जडान गरिएको छ। वराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकाका दुई हजार ३८८ घरधुरीले भेरी पूर्वसूचना प्रणालीबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। सुन्दर नेपाल संस्थाले सो प्रणाली जडान गरेको हो। एक वर्षे अवधिको सो परियोजनाको समापनसहित उक्त प्रणाली सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो।

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली

सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ । सिँचाइ सुविधा पुगेपछि तरकारी उत्पादन गरेर कृषकले आयआर्जन गर्न थालेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानी कुर्नुपथ्र्यो । आकाशे पानीको भरमा खेती गरेर उब्जाइएको अन्नले वर्षभर खान पुग्दैनथ्यो । तर, अहिले लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि गाउँको मुहार नै फेरिएको छ । बाह्रै महीना गाउँमा सिँचाइ सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारीखेतीमा लागेका छन् । यसबाट मनग्गे आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए । वर्षौंदेखि सुक्खा जमिनमा आयोजनाले सिँचाइ पुर्‍याएपछि कृषक उत्साहित छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन वृद्धिले जीवनस्तरमै सुधार आएको अर्का कृषक मनसरा खड्काले बताइन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्म १२५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सतह सिँचाइ, कुलो मर्मत र नदी नियन्त्रण कार्य अघि बढाएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी लेखनाथ सुवेदीले बताए । भेरी कोरिडोर सिँचाइ आयोजनाको ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा सिँचाइ पु¥याइएको जानकारी उनले दिए । उनका अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९ दशमलव ५ प्रतिशत भएको छ । २ वर्षभित्र आयोजनाले ६ हजार ८०० हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित हुने अपेक्षा राखिएको छ ।

भेरी नदी किनारका रमणीय गाउँ [तस्बिरहरु]

देशैभरका स्थानीय सरकारहरुको होडबाजी यतिखेर ग्रामिण दूरदराजमा सडक पुर्‌याउनेछ । ग्रामिण सडक निर्माणसँगै दुर्गम बस्तीहरुमा निर्माण सामाग्रीहरु ढुवानी सहज भएका छन् । सडक पहुँच भए पनि विशेष गरी नदी किनारमा पर्ने सुर्खेत, सल्यान, जाजरकोट, रुकुमका बस्तीहरुमा सिमेन्टका आधुनिक घर निर्माणमा अझै रुचि छैन ।

जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा

वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् ।