जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा

वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् ।