पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पर्सा आउने भएका छन्।पुस ८ गते बिहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउन उनी पर्सा आउन लागेका हुन्।ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली सहभागी हुने कार्यक्रमका लागि पर्साको जगरनाथपुरमा तयारी भइरहेको छ। उनले बिहीबार हुने सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्ने छन्।पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित ठूलो संख्यामा विभिन्न प