द्वन्द्वका घाउ भुल्न खोज्दैथे, भूकम्पले झन् दुखायो

सशस्त्र द्वन्द्वको चर्काे मार खेपेका रुकुम र जाजरकोटका गाउँ, जहाँका बासिन्दाले आफ्नो आफन्त र नातेदार गुमाएका छन् । अहिले उनीहरुमाथि अर्को विपत्ति आइपरेको छ, कात्तिक १७ गतेको भूकम्प ।

सम्बन्धित सामग्री

प्रभावितको दैनिकी कष्टकर, पुनर्निर्माणको सकस

अघिल्लो वर्षको कात्तिक १७ गतेको राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम र जाजरकोट लगायतका जिल्लामा बिर्सन नसक्ने घाउ छोडेर गएको छ ।

भूकम्पले घर ढाल्यो, पहिरोले टहरो

गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले मानवीय र भौतिक क्षति बेहोरेका रुकुमपश्चिमवासीले यो बर्खामा मनसुनजन्य विपत्बाट उस्तै क्षतिको सामना गर्नु परिरहेको छ । भूकम्पले घर भत्काएपछि टहराको सहाराका जीवन गुजारिरहेकामध्ये अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले एउटा विपत्को घाउ पुरिन नपाउँदै अर्को विपत्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो पोख्नुभयो ।

जाजरकोटको चीत्कार

तीन दिन भयो म जाजरकोट पुगेको । उद्देश्य थियो— भूकम्पमा घाइते भएकाहरूको उपचार गर्नु, हड्डी जोड्नु र घाउ सिलाउनु । तर यहाँ मानिसहरूका मनका घाउ देखेर म स्तब्ध छु । धेरै नेपालीहरूलाई, खास गरी नेताहरूलाई, भूकम्प गएर समाचार बनेपछि बल्ल जाजरकोटको याद आयो । यसअगाडि स्वाइनफ्लु र झाडापखालाको प्रकोपका बेला उनीहरूले जाजरकोट सम्झेका थिए । तर यहाँका मानिसहरू युगौंदेखि निरन्तर घाउ बोकेर बाँचिरहेका छन् । भूकम्पले त्यो घाउमा अर्को प्रहार गरेको छ र नुनचुक छर्केको छ ।

बाँझो बारी

अब उनकी श्रीमतीले पहिलेजस्तो काम गर्न सकिनन् । दुई जना लालाबाला पनि शहरकै सरकारी स्कुलमा ठेल्दिए। उनले एक निजी स्कुलमा स्कुलको भ्यान चलाउन थाले। परिवार जेनतेन शहरको वातावरणमा हुर्कदै थियो। २०७२ सालको भूकम्पले गाउँको दुई तलेघर भत्कियो । राहतस्वरूप एक कोठे बन्यो। शहरमा पनि बल्लबल्ल बाँचियो। गाउँमा भए त न मरिन्थ्यो पनि घरको जगै रहेन। शहरमा धन्न बलियो ढलान घर परेछ र बाँचियो। भूकम्पको घाउ सेलाउँदै जेनतेन जिन्दगी चल्दै थियो। सानातिना रोगहरू बर्डफ्लु, डेंगु, रुबेला आउँदै हराउँदै गए। २०७६ को अन्त्यतिर ठुलो महामारी (कोभिड १९ नामक) चीनको वुहान राज्यमा फैलिए। यो रोग चाइनाको वुहान हुँदै विश्वका धेरै देशहरूमा फैलिए र नेपालमा पनि भित्रिए।

बलियो नेपाल (सम्पादकीय)

भूकम्पपछिको पुनर्निर्माणकार्य आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने र बाँकी काम सम्बद्ध मन्त्रालय वा निकायबाट नियमित गरिने भएको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा यस्तो जानकारी दिइएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३२ जिल्लामा क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, धार्मिक, साँस्कृतिक भौतिक संरचनाको निर्माण तथा मर्मतको काम सम्पन्न हुने चरणमा पुगेकाले भूकम्पका घाउ पुरिनेक्रममा देखिएका छन् । यसबीच क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ५८ हजार ६५० निजी आवास तोकिएको सीमाभित्र सम्पन्न गर्नेगरी काम हुँदै छ । निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखिएअनुसार मापदण्डमा पर्ने पीडितले नयाँ घरमा प्रवेश पाएका छन् र पाउनेक्रम जारी छ । भूकम्पले क्षतिग्रस्त ९२० ऐतिहासिक तथा धार्मिक सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको र २८८ वटाको पुनर्निर्माण भइरहेको छ । क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ भने बाँकी १७ प्रतिशतको पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिनेछ । स्वास्थ्य क्षेत्रका २९६ भवनको पुनर्निर्माण जारी छ । ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने सुरक्षा निकायका दुईवटा संरचनामात्र बन्न बाँकी रहेका छन् ।