लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूके’ मा नयाँ कार्यसमिति चयन भएको छ । ७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैठौं कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ […]