काठमाडाैं : सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन।सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक असफल भएको हो।महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास विना निष्कर्ष सकिएको हो।धेरै ठाउँमा सहमति नजिक पुगेको र त्यसलाई अन्तिम रुप दिन भोलि (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको कांग्रेस