काठमाडौं: अरूलाई प्रश्न सोधेर र्याख-र्याख्ती पार्नुपर्ने संसद्को सुनुवाइ समिति नै प्रश्नको घेरामा परेको छ। संवैधानिक परिषद्ले वैशाख २५ मा प्रधानन्यायाधीश सिफारिस गरेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको अध्ययनका क्रममा समितिकै आलोचना भएको हो।
उजुरीकर्ताले समिति सदस्यहरूले दलीय भागबन्डाभन्दा बाहिर निस्कन नसकेको, सुनुवाइ कर्मकान्डी बनाउन खोजेको आरोप लगाएका हुन्। कार्कीविरुद्ध उजुरी…