हिमालय रिले पायो सञ्चालन स्वीकृति

काठमाडौं । निजीक्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट अन्तिम स्वीकृृति पाएको छ । बीमा समितिले गत बिहीवार कम्पनीलाई व्यवसाय अर्थात् कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो । समितिले गत जेठ १७ गते हिमालयन रिलाई स्थापनाका लागि आशयपत्र अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । त्यसपछि कम्पनीले तोकिएको आवश्यक प्रक्रिया पूरा गरेपछि कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिइएको हो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन रिलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको बताए । समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि हिमालयन रि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भयो भने संस्थापकतर्फको रू. ७ अर्बको लगानी पनि बैंकमा जम्मा गर्ने काम भयो । यसबाहेक बालुवाटारमा कम्पनीको कार्यालय स्थापना गर्ने, कम्पनीको अध्यक्षमा शेखर गोल्छालाई नियुक्त गर्नेलगायत आवश्यक प्रक्रिया पूरा भएपछि समितिले कम्पनीलाई कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति दिएको हो । बीमा समितिबाट अन्तिम स्वीकृति पाएसँगै कम्पनी पक्ष कारोबार सञ्चालनका लागि तयारीमा जुटेको छ । चालू आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र नै कारोबार सञ्चालनमा ल्याउने कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताए । ‘पुनर्बीमा व्यवसाय शुरू गर्न आवश्यक तयारी पूरा भइसकेको छ । असार महीनाभित्र नै कम्पनी सञ्चालनमा ल्याउनेछौं,’ अध्यक्ष गोल्छाले भने । कम्पनीले कारोबार शुरू गर्ने उल्लेख गर्दै बीमा समितिलाई आइतवार पत्राचार पनि गरिसकेको छ । सोही पत्रअनुसार बीमा समिति आज (सोमवार) कम्पनीको बालुवाटारस्थित प्रधान कार्यालयमा निरीक्षण गर्न जाने तयारीमा छ । निरीक्षणको क्रममा कम्पनीले नीतिगत रूपमा तोकिएको केही शर्तहरू पूरा भएको देखिनुपर्ने छ । त्यसपछि कम्पनी सञ्चालनमा आउन सक्ने समितिका एक उच्च अधिकारीले बताए । निरीक्षणका क्रममा कम्पनीले कार्यालयको आकार, कम्प्युटर सप्mटवेयर, कर्मचारीलगायत बिषयमा तोकिएको शर्त पूरा गरेको देखिनुपर्ने छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतलगायत उच्च तहका ३ जना जनशक्ति भने विदेश (भारत) बाट ल्याउने तयारी गरेको छ । त्यसरी विदेशबाट ल्याइने कर्मचारीले श्रम विभागबाट श्रमस्वीकृति पनि लिनुपर्ने हुन्छ । त्यसका लागि कम्पनीले आवश्यक सहजीकरण गर्न तथा नियुक्तिका लागि स्वीकृति दिन समितिमा आवेदन पनि दिइसकेको छ । समितिको एक स्रोतका अनुसार कम्पनीले प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतमा विदेशी जनशक्ति नियुक्तिका लागि स्वीकृति माग गर्दै आवेदन दिइसकेको छ । पुनर्बीमा अन्तरराष्ट्रिय रूपमा नै गरिने व्यवसाय हो । त्यसमाथि हिमालयन रिलाई व्यवसाय विस्तारका लागि विदेशी बजारमा जानैपर्ने बाध्यता छ । त्यसैले पनि विदेश बजारमा व्यवसाय विस्तार गर्न सहज हुने उद्देश्यअनुरूप विदेशबाट नै उच्च पदस्थ कर्मचारी ल्याउन लागिएको कम्पनी पक्षको भनाइ छ । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । समितिको एक अध्ययनले थप एउटा पुनर्बीमा कम्पनी पनि आवश्यक देखाएको थियो । त्यसपछि समितिले गत वैशाखमा निजीक्षेत्रको स्वामित्व हुनेगरी नयाँ पुनर्बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका थिए । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ । निजीक्षेत्रको स्वामित्वमा लगानी भएको यस कम्पनीको चुक्ता पूँजी रू. १० अर्बको रहेको छ । त्यसमा संस्थागततर्पmको लगानी रू. ७ अर्ब रहेको छ । बाँकी रहेको ३ अर्ब भने सर्वसाधारणमा शेयर (आईपीओ) जारी गरेर जुटाइने कम्पनीको भनाइ छ । कम्पनीको मुख्य शेयर लगानीकर्ता जगदम्बा (शंकर) ग्रूप रहेको छ । कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, व्यवसायी शाहिल अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ ।

सम्बन्धित सामग्री

‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना

एनआईसी एसिया बैंकले दसैं, दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना ल्याएको छ।...

सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ । सेल्सबेरीका विभिन्न शाखा तथा सेल्सबेरी पोखरा शाखामा सपिङ गर्दा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकहरु यस योजनामा सहभागी हुन पाउनेछन् । फोन पे क्यूआर मार्फत […]

‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक

काठमाडौँ– एनआईसी एसिया बैंकले ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैँ, दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआईसी एसियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको  हाे। अब उक्त बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई […]

‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’

काठमाडौं, ७ असोज । एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था […]

टीभीएसको ‘आयो, पायो, प-यो, सो-यो’ योजना

नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले आकर्षक योजना ल्याएको छ । कम्पनीले ‘आयो, पायो, प-यो, सो-यो’ नामक योजना ल्याएको हो ।यस योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअघि टीभीएस नेपालमा दर्ता गरेर ५० हजारसम्म जित्न पाइने जनाइएको छ ।यस्तै, टीभीएसको कुनै पनि बिक्रेताबाट […]

नयाँ वर्षको अवसरमा टीभीएसले ल्यायो ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना

काठमाडौं । नेपालका लागि टीभीएस टु–ह्विलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा ‘आयो, पायो, पर्‍यो, सोर्‍यो’ योजना ल्याएको छ । यस योजना अन्तर्गत गाडी किने पनि नकिने पनि टीभीएस नेपालको सोसल मिडियामा भाग लिएर हरेक हप्ता ५० हजार रुपैयाँसम्म जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडी […]

टीभीएसले ल्यायो 'आयो, पायो, पर्यो, सोर्यो' अफर

नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले 'आयो, पायो, पर्‍यो, सोर्‍यो' अफर सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता रु ५० हजार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । बाइक तथा स्कुटर किन्नु अगाडि tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजार सम्म जित्न पाउने अनि नेपाल भरी टीभीएसको कुनै पनि बिक्रेताबाट स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने जनाइएको छ । साथै बम्परमा क

अन्डा पायो कस्ले

धर्ना बसी सडकमा झण्डा पायो कस्ले हुन्न भनि कराउँदा डण्डा पायो कस्ले।। गर्मी अझै चढ्या छैन जाडो बाँकी छँदै दमकलको पानीबाट ठण्डा पायो कस्ले।। आफ्नो अक्कल पुच्छरमा अर्काको भर तन्त्र मन्त्र सिकाउने पण्डा पायो कस्ले।। टाउको पनि चपायो पुच्छर पनि क्वाप्प हण्डा नभरि भान्छेले बन्डा पायो कस्ले।। थाकिसके घरका चल्ला क्वारक्वार गरेर पर देशका कुखुराको […]

पाटनमा मनमानेश्वरी र पायो जात्रा

काठमाडौं, असोज २८ । ललितपुरमा लिच्छवीकालीन माजु द्यः मनमानेश्वरी जात्रा भएको छ । घटस्थापनाको दिन महालक्ष्मी स्थानमा तान्त्रिक रुपमा पुजा गरेर जात्रा शुरु गरिएको थियो । आज पाटन दरवारको मुल चोकमा मनमानेश्वरी गोप्य तान्त्रिक पुजा गरिसकेपछि पायो अर्थात खड्ग जात्र समेत निकालिएको थियो । लगनखेलबाट शुरु भएको खड्ग जात्रामा गुठीका मानिसहरु हातमा खड्ग बोकेर नगर […]

आई पेको ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना

काठमाडौं, १७ असोज । आई पे रेमिटले ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना र्सावजनिक गरेको छ । दसैं, तिहार, नेपाल सम्वत र छठ पर्वलाई लक्षित गरी यो योजना कात्तिक २५ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार यस योजनाअन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप हरेक हप्ता २ हजार […]