सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल कांग्रेस केन्द्रीय सदस्य रहेका मुख्यमन्त्री शाहीले आफ्नो आधिकारिक साइटमार्फत उक्त घोषणा गरेका हुन्। यसअघि साविकको कर्णाली अञ्चल र मध्यपश्चिम विकास क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका शाहीले सोमबार बिहानै कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको […]