निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग छलफल गरेको छ । मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री महतले व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने आश्वासन दिए । हालसम्म भएको कामबाट सिर्जित दायित्व सरकारले भुक्तानी दिने पनि महतले स्पष्ट पारे ।