चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

इटहरी गोल्डकपको विजेता चर्च ब्वाइज फुटवल क्लवलाई २–० गोलले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

चर्च ब्वाइजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

वाग्मती गाउँपालिकामा जारी गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार वाग्मती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको हो ।

चर्च ब्वाइजलाई हराउँदै एपीएफ बागमती गोल्डकपको अन्तिम चारमा

४ फागुन, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैंटौं संस्करणको बागमती गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगेको छ । जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो । चर्च ब्वाइजको पोष्टमा एपीएफले तीन गोल नै दोस्रो हाफमा […]

आहा रारा गोल्डकप : उपाधिका लागि सङ्कटा र भुटानिज भिड्दै

पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको

आहा रारा गोल्डकपको फाइनलमा पुग्न आज चर्च ब्वाइज र भुटानी युथ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्बल खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । आजको विजेताले फाइनलमा सङ्कटा क्लबसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ क्लबलाई ४–१ गोलले हराउँदै सङ्कटा फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि शनिवार हुनेछ । उपाधि विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एपीएफलाई ४–१ गाेलले हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

काठमाण्डाै – साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा एपीएफलाई चार–एक गोलले हराउँदै सङ्कटा उपाधि नजिकै पुगेको हो । सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुई/दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।  दोस्रो सेमिफाइनलमा भोलि बिहीवार अमेरिकी टाेली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । प्रतियाेगिताकाे विजेताले १२ लाख र उपविजेताले छ लाख रुप...