काठमाडौं । खल्ती डिजिटल वालेटले सीटीईभीटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारको सरकारी वा सामुदायिक विद्यालयबाट एसईई अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु नहुने खल्तीले जनाएको छ । त्यस्तो आवेदकले छात्रवृत्तिको आवेदन फारम