काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी खल्तीले जलटनसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात् परीक्षाको फारम भुक्तानीमात्र खल्तीबाट गर्न सकिने छ ।
विगतका वर्षहरूमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरू जालटनको कार्यालयमै पुगेर भुक्तानी गर्थे ।