समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन बुधबार पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिए ।
संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले जानकारी दिए ।