काठमाडौं । प्रभु म्युचुअल फण्ड (Prabhu Mutual Fund)अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड (Prabhu Select Fund)ले चैत मसान्तसम्म रू. ५ करोड ९४ लाखभन्दा बढी नाफा (Profit) गरेको छ । फागुन मसान्तसम्म रू. ४ करोड ६७ लाखभन्दा बढी नाफा गरेको फण्डले चैत मसान्तसम्ममा भने नाफा बढाएको हो ।
यो महिना फण्डको जम्मा आम्दानी (Income) रू. ७ करोड ६६ लाखभन्दा बढी रहेको छ । फागुनमा फण्डले रू. ६ करोड १९ लाखभन्दा बढी मात्र जम्मा आम्दानी गरेको थियो । बैंक मुद्दती निक्षेप र धितोपत्रमा भएको फण्डको लगानी (Investment) रू. ८७ करोड ७४ लाखभन्दा बढी छ ।
चैत मसान्तसम्म फण्डले धितोपत्र कमिसनसहित धितोपत्रमा रू. ८४ करोड २५ लाखभन्दा बढी लगानी गरेको छ । धितोपत्रमा फण्डले गरेको लगानीको लागत मूल्यभन्दा बजारमूल्य कम छ । चैत मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. ६९ करोड ४९ लाखभन्दा बढी मात्र छ ।
फागुन मसान्तसम्म प्रतिइकाई खुद मूल्य रू. १० दशमलव १९ रहेको फण्डको चैत मसान्तसम्म यो मूल्य रू. १० दशमलव २९ पुगेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई विक्री गरेको थियो ।