ढोरपाटन। अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो। जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो। लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत […]