मेयर शाहकाे चेतावनीपछि अस्पताललाई स्वास्थ्य मन्त्रालयको ताकेता

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई पुनः ताकेता गरेको छ ।मन्त्रालयले आज बुधवार गरेको परिपत्रमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न भनिएको छ । बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पत...

सम्बन्धित सामग्री

नारायणीलाई जनरल र गण्डकलाई कोभिड-१९ अस्पताल बनाउन सिफारिस

वीरगंज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थलगत निरीक्षण टोलीले वीरगंजको नारायणी अस्पताललाई पुनः जनरल अस्पताल नै बनाउन सिफारिस गरेको छ। कोरोना संक्रमितहरुलाई गण्डक अस्पतालमा स्थानान्तरण गरी पुनः नारायणीलाई जनरल अस्पतालको रुपमा सञ्चालन गर्न टोलीले मन्त्रालयलाई सिफारिस गरेको हो। वीरगंजका मेयर विजय सरावगीको अध्यक्षता शनिवार वीरगंजमा बसेको सर्वपक्षिय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका