बैतडी : जिल्ला अस्पताल बैतडीमा तीन महिनाअघि जडान गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष जनशक्तिको अभावमा अझै सञ्चालनमा आएको छैन।
सुदूरपश्चिम प्रदेश सरकारले पाँच महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। तीन महिनाअघि नै जडान गरिएको आइसियु कक्ष दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए।
गत मंसिरमा कोरोना भाइरसका...