बन्दुकधारीहरुले अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या गरेका छन्। आइतवार बिहान आफ्नो कार्यालय जाने क्रममा उनीहरुको हत्या भएको द गार्डियनले उल्लेख गरेको छ।
अधिकारीहरुको हत्याको लहर बढ्दै जाने क्रममा सो घटना भएको हो। अदालतका प्रवक्ता अहमद फहिम कवीमका अनुसार अदालतको गाडीमा कार्यालय जाने क्रममा सो आक्रमण भएको थियो।…