ललितपुर जावलाखेलमा भोटो देखाइसकेपछि बुंगद्यः (रातो मच्छिन्द्रनाथको जात्रा) सम्पन्न हुन्छ । कहीँ न कतै वर्षैभरि सांस्कृतिक गतिविधि भइरहने नेपालमण्डलभित्रको खास विशेषता हो– जात्रा–उत्सव । बुंगद्यः पनि तीमध्ये एक हो । तर, जब जात्राभित्रको रीति, परम्परा, व्यवस्था र आस्थाका आयामहरूको अध्ययन गरिन्छ, तब बुंगद्यः केवल एक उत्सव वा लोकव्यवहारमा मात्रै सीमित रहँदैन ।