नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]
काठमाडौं, जेठ १ । नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु हुँदैछ । बंगलादेशमा आज सुरु हुने बैठकमा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने बुझिएको छ । बैठकको पहिलो दिन आज संयुक्त कार्य समुहको बैठक बस्नेछ भने भोलि दुई देशिय ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ । बैठकमा नेपालबाट ऊर्जा मन्त्रालयका […]
काठमाडौं : बंगलादेशको ढाकामा आजदेखि नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय पाँचौं बैठक सुरु हुने भएको छ। विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणसँगै जलविद्युत आयोजनामा लगानी गर्ने मुख्य एजेन्डासहित बैठक बस्न लागेको हो।६ सय ८३ मेगावाटको जलाशययुक्त सुनकोशी तेस्रो आयोजना संयुक्त लगानीमा कसरी अघि बढाउने भनेर छलफल हुने ऊर्जा मन्त्रालयलेले जनाएको छ। जेठ १ मा सह–सचिवस्तरीय र जेठ २ मा सचिवस्तरीय बैठक बस्नेछ। यसअघि गत भदौमा काठमाडौंमा बसेको ऊर्जा सचिवस्तरीय बैठकमा ५० मेगावाट बराबर
३१ वैशाख, काठमाडौं । आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न नेपाल र बंगलादेशले छलफल गर्ने भएका छन् । भोलि सोमबारदेखि बंगलादेशमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा वार्तामा यसबारे छलफल हुनेछ । बैठकमा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक […]
नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । दुई दिनसम्म काठमाडौंमा चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो ।सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएक
९ भदौ, काठमाडौं । नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छन् । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ । भारत सरकारले प्रसारणलाइन […]
८ भदौ, काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ […]
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत् खरिदसहित ऊर्जा व्यापारमा सहकार्य गर्न बंगलादेश इच्छुक रहेको बताएकी छन् । यसका लागि नेपाल, भारत र बंगलादेशबीच सम्बन्धित तहमा छलफल गर्नेसमेत उनको आश्वासन छ । बंगलादेश...
बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालका निजी क्षेत्रबाट सिधै बिजुली किन्न तयार रहेको बताएका छन् ।बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपालका निजी क्षेत्रसँग दीर्घकालीन विद्युत खरिद सम्झौता (पीपीए) गर्नसमेत बंगलादेश तयार रहेको बताएका हुन् । आगामी वर्षादेखि नै हाल खेर गइरहेको बिजुली खरिद गर्न पनि तयार रहेको […]