काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । सर्वोच्च अदालतको आदेशअनुसार साविकको अवस्थामा फर्किएको एमालेले शुक्रबार सातै प्रदेशमा पार्टीका इन्चार्ज तोकेको हो ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेका थिए । बैठकमा माधव नेपाल पक्षधर भने अनुपस्थित थिए । सोही बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो ।एमालेका मुख्य सचेतक विशाल भट्टराईले केही विभागीय र भौगोलिक जिम्मेवारी हेरफेर गरिएको बताए । बैठकले महाधिवेशनको मितिसम