साउन ४, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
आइतवार एक कार्यक्रमका बीच कम्पनीको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
अब कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसरी,रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु सिभिल क्यापिटल मार्केटले गर्ने छ ।